काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले गत वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण धमाधम प्रकाशित गरिरहेका छन्।
राष्ट्र बैंकको निर्देशनअनुरुप सबै राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रियस्तर विकास बैंकले वित्तीय विवरण प्रकाशित गरिसकेका छन्।
राष्ट्रियस्तरका विकास बैंकको हकमा भने ८ वटै विकास बैंकको खुद नाफा बढेको छ। सबै बैंकहरुले कुल ७ अर्ब रुपैयाँ बढी नाफा कमाएका हुन्। बैंकहरुका अधिकांश सूचकहरुमध्ये सबैभन्दा महत्वपूर्ण सूचक हो, रिटर्न अन इक्विटी (आरओई)। अर्थात लगानीकर्ताले बैंकमा गरेको कुल लगानीको प्रतिफल।
आरओई बैंकले धेरै नाफा कमाए नकमाएको हेर्ने सबैभन्दा बलियो सूचक हो । सामान्यता आरओई १५ प्रतिशतभन्दा मुनि छ भने त्यो बैंकमा लगानी गर्ने लगानीकर्ताका लागि आगामी दिन सुखद् छैन भन्ने प्रस्ट संकेत गर्दछ।
यद्यपि आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्म आउँदा ६ राष्ट्रियस्तरका विकास बैंकको आरओई १५ प्रतिशतभन्दा तल रहेको छ।
समीक्षा अवधिमा गरिमा विकास बैंकको आरओई सबैभन्दा उच्च रहेको छ। बैंकको आरओई २२.७९ प्रतिशत छ।
त्यस्तै दोस्रोमा मुक्तिनाथ विकास बैंकको १६.९३ प्रतिशत रहेको छ। महालक्ष्मी र कामना सेवाको क्रमशः १४.६१ प्रतिशत र १४.३८ प्रतिशत आरओई छ।
यसैगरी समीक्षा अवधिमा सांग्रिलाको १३.८८ प्रतिशत, ज्योतिको १२.३८ प्रतिशत, शाइन रेसुंगाको ११.९६ प्रतिशत र लुम्बिनीको ११.५५ प्रतिशत आरओई रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19