काठमाण्डौ । गुगलले प्रयोगकर्तालाई खुसीको खबर दिएको छ। 

कम्पनीले वर्कस्पेस प्रयोगकर्ताका लागि स्टोरेज क्षमता बढाउँदैछ। अर्थात् आउँदो समयमा गुगल वर्कस्पेस इन्डिभिजुअल अकाउन्ट १५जीबी स्टोरेजको सट्टा १टीबी सेक्योर क्लाउन्ड स्टोरेजका आउनेछ। 

यसका लागि प्रयोगकर्ताले कुनै सेटिङ गर्नुपर्दैन। सबै अकाउन्ट अटोमेटिकली १५जीबी स्टोरेजबाट १टीबी स्टोरेजमा रुपान्तरण हुनेछन्। गुगलले एक ब्लगपोस्टमा यसबारे जानकारी दिएको हो। कम्पनीको ब्लग पोस्टका अनुसार वर्कस्पेस इन्डिभिजुअल प्रयोगकर्ताका लागि थप सुविधाहरु जारी गरिएको छ। यसबाहेक अन्य देशमा पनि उपलब्ध गराइँदैछ। 

गुगल वर्कस्पेस (पहिला जीसुट) एउटा क्लाउड–आधारित प्रडक्टिभिटी सुट हो। यसले इन्डिभिजुअल युजर र अफिस टिमलाई कुनै पनि डिभाइसमा  काम गर्न अनुमति दिन्छ।

विश्वव्यापी रुपमा ८० लाख प्रयोगकर्ताले गुगल वर्कस्पेसका लागि गुगललाई भुक्तानी गरिरहेका छन्। यसमा विगत द२ वर्षमा २० लाख ग्राहक थपिएका छन्। कोरोनाकालमा रिमोट वर्कका क्रममा यसमा उछाल आएको थियो। –एजेन्सी