काठमाण्डौ । साबिक सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले प्रभु र सेञ्चुरी बैंकको मर्जरले बैंकिङ क्षेत्रमा नयाँ सिनर्जी क्रिएट गर्न सफल भएको बताएका छन्।
सेञ्चुरी बैंकलाई प्राप्ति गरी आजबाट प्रभु बैंकको नाममा एकीकृत कारोबारको शुभारम्भ गर्न आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठ नयाँ सिनर्जी क्रिएट गर्दै प्रभु बैंक नम्बर १ बैंक बन्न सफल होस् भन्ने शुभकामना पनि दिए।
प्रभु र सेञ्चुरी बैंकको मर्जरले नेपालको अर्थतन्त्र र दिगो विकासका लागि कोशेढुंगा हुने विश्वास पनि व्यक्त गरे। ‘सेञ्चुरी सबैभन्दा कान्छो बैंक रुपमा स्थापित भएको थियो। आज यो मर्जरसँग बैंक ७ औँ स्थानमा आउँदा गर्व महसुस भइरहेको छ’, उनले भने।
अध्यक्ष श्रेष्ठले ५६८ जना मिलेर १२ वर्षअघि सेञ्चुरी बैंक स्थापना भएको स्मरण पनि गरे। ‘५ वटा फाइनान्स र विकास बैंक मर्ज गरेको सेञ्चुरीले गत साउन १५ गते प्रभु बैंकसँग मर्जरमा जाने साहसिक निर्णय गर्यो’, उनले भने, ‘केही मतभिन्नता रहे पनि आज मर्जर सफल भएको छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19