काठमाण्डौ । विश्वमा प्रविधिको तीव्र विकास भइरहेको छ। प्रविधिको विकाससँगै मानिसको जीवन सहज बन्दै गएको छ। तर, प्रविधिका फाइदासँगै बेफाइदा पनि हुन्छन्।
अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विषयलाई विश्वमा हंगामा मच्चिरहेको छ। यसले धेरै चीज गर्न सक्छ, जुन मानिसहरुले अहिले गरिरहेका छन्।
अब एनआईका कारण आगामी दिनमा ठूलो संख्यामा मानिसको रोजगारी गुम्न सक्ने चिन्ता बढ्दै गएको छ। यसका संकेत पनि आउन थालेका छन्।
दिग्गज कम्पनी आईबीएमले यसको तयारी गरिरहेको छ। आर्टिफिसियल इन्टेलिजेन्सले यो कम्पनीका कम्तीमा ७ हजार ८०० व्यक्तिलाई प्रतिस्थापन गर्नेछ।
आईबीएमका सीईओ अरविन्द कृष्णाले ब्लुमबर्गसँगको कुराकानीमा कम्पनीले आगामी वर्षमा आर्टिफिसियल इन्टेलिजेन्सको साथ प्रतिस्थापन गर्न सकिने कामहरुमा नयाँ भर्ती रोकिने बताएका छन्। ब्याक–अफिस फंक्सन्स जस्तै– एचआर र अकाउन्टिङको काम गर्नेहरु प्रतिस्पापनमा पर्न सक्छन्।
हालै सार्वजनिक गोल्डम्यान साक्सको प्रतिवेदनमा आर्टिफिसियल इन्टेलिजेन्सका कारण आगामी वर्षमा अमेरिका र युरोपमा करिब ३० करोड रोजगारी गुम्न सक्ने चेतावनी दिइएको छ।
आर्टिफिसियल इन्टेलिजेन्सका गॉडफादर मानिने जर्ज हिन्टनले गत हप्ता गुगलको जागिर छोडे। उनले एआई विकासको जोखिमहरुका बारेमा खुलेर बोलेका छन्।
गुगलका सीईओ सुन्दर पिचाईले यसअघि आर्टिफिसियल इन्टेलिजेन्सको प्रभावबारे चिन्ता व्यक्त गर्दै सबै कम्पनीका उत्पादनमा असर पर्ने बताएका थिए। उनले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिका लागि समाजले सामूहिक रुपमा तयारी गर्नुपर्ने चेतावनी पनि दिएका थिए। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19