काठमाण्डौ । नेपालमा विभिन्न मुलुकबाट १ वर्षमै साढे १५ लाखवटा बढी स्मार्टफोन आयात भएका छन्।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९–८० मा विभिन्न मुलुकबाट कुल १५ लाख ६९ हजार ५६९ वटा स्मार्टफोन भित्रिएका हुन्। यी स्मार्टफोन आयातमा नेपालबाट गत आर्थिक वर्षमा २४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ बढी बाहिरिएको छ।
यी स्मार्टफोन आयातमा आयातकर्ता सरकारलाई ४ अर्ब ५५ करोड रुपैयाँ बढी राजस्व बुझाएका छन्।
अघिल्लो आर्थिक वर्ष २०७८–७९मा विभिन्न मुलुकबाट १ लाख ७६ हजार ५१० वटामात्रै स्मार्टफोन आयात भएको थियो। जसमा २ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बढी बारिएको थियो। सरकारले भने ५२ करोड ७० लाख रुपैयाँ बढी राजस्व पाएको थियो।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपालमा स्मार्टफोनको आयात करिब ८०० प्रतिशतले बढेको छ। विशेषगरी चीन र भारतबाट ठूलो परिमाणमा स्मार्टफोन आयात हुँदै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19