काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले देशव्यापी रुपमा पुँजीबजार शिक्षा तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। 

सेबोनले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुँजीबजार प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो। नेपाल उद्योग वाणिज्य संघ (एफएनसीसीआई)सँग समझदारी विकास गरी देशव्यापी रुपमा पुँजीबजार शिक्षा तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

यसैगरी धितोपत्र बजार तथा वस्तु विनियम बजारमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने नीति पनि सेबोनले लिएको छ। 

पाक्षिक रेडियो कार्यक्रममार्फत धितोपत्र बजारसम्बन्धी चेतनामूलक सामग्री तथा बजार विकास तथा सुधारसम्बन्धी जानकारी प्रवाह गर्ने योजना पनि सेबोनले नीति तथा कार्यक्रममा समेटेको छ।