काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ३४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ३४.८० प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २४ करोड ८९ लाख रुपैयाँ रहेको छ।
बैंकको सञ्चालन मुनाफा ५० करोड ५१ लाख रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा ७४ करोड १२ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ३१.८५ प्रतिशतले घटेको छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.६८ प्रतिशतले बढेर १ अर्ब ८० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो।
बैंकको रिजर्भको आकार १४.४८ प्रतिशतले बढेर १ अर्ब ३ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ९० करोड ७६ रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकले ५० अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ४८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ५७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.०६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.३९ प्रतिशत थियो।
खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ४३ करोड ५६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १५ करोड ९९ लाख रुपैयाँ थियो।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १०.५२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.५१ रुपैयाँ थियो। ईपीएस ३९.९२ प्रतिशतले घटेको छ।
पीई रेसियो ३०.६१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३९.४२ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19