काठमाण्डौ ।सुदूर पश्चिम सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रबर्द्धन र विकासका गतिविधि सञ्चालन गर्ने विषयमा सहकार्यका लागि समझदारी भएको छ । 

शनिबार आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादूर शाह र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी अनुसार प्रदेश सरकार र महासंघले सुदूरपश्चिम प्रदेशमा लगानी प्रबर्द्धन गर्न र प्रदेशको आर्थिक विकास एवं समृद्धिमा योगदान पु
 र्‍याउन सहकार्य गरिने छ ।

जसअनुसार प्रदेश सरकार र महासंघको संयूक्त आयोजनामा आगामी फागुन २३ र २४ गते “सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन” आयोजना गरिनेछ । 

सोअवसरमा  अध्यक्ष ढकालले भारत र चीनमा बिजनेस समिट आयोजना गरेको र त्यहाँबाट सोधपुछ हुन थालेको अवस्थामा प्रदेशहरुमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको पनि बताए । 

यसैगरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले महासंघसँगको सहकार्यमा निर्धारित लगानी तथा विकास सम्मेलन प्रभावकारी हुने बताए ।