काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले मंसिर महिनाका लागि ब्याजदर घटाएको छ।

बैंकले आज मंसिरका लागि ०.२५ प्रतिशतको विन्दुले ब्याजदर घटाएर प्रकाशित गरेको हो। बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ८.९७ प्रतिशत कायम गरेको छ। कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.२२ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो। 

यसैगरी मंसिरका लागि १ वर्ष वा सोभन्दा बढी अवधिको संस्थागततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ५.२५ प्रतिशत कायम गरेको छ। कात्तिकमा संस्थागततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशत थियो। 

कल निक्षेपको ब्याजदर पनि घटाएर २ प्रतिशतसम्म बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर अधिकतम ६.०५ प्रतिशत कायम गरिएको छ। कात्तिकमा कल निक्षेपको ब्याजदर २.१३ प्रतिशतसम्म र बचतको ब्याजदर अधिकतम ६.३० प्रतिशत थियो।

मंसिरका लागि एनआईसी एसिया र कृषि विकास बैंकले ब्याजदर घटाएर प्रकाशित गरिसकेका छन्।