काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्नो ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा दिउँसो १ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रतिसेयर १९ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। 

बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।