काठमाण्डौ । माछापुच्छ्रे  बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

कम्पनीको गत मंसिर ७ गते बिहीबार बसेको ४९१ औं सञ्चालक समितिको बैंठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

यसका अतिरिक्त व्यवसायीको रुपमा स्थापित उनी भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहेका छन् ।

यो पनि हेर्नुहोस् :

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी चयन, अध्यक्षबाट बाहिरिए डा उपेन्द्र महतो