Bindhyabasini Hydropower Development Company Limited
काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।
घोषित लाभांश पारित गर्ने लगायतका अजेण्डासहित यो कम्पनीले आफ्ना सातौं वार्षिक साधारणसभा पनि आह्वान गरेको छ ।
कम्पनीले आगामी पुस २६ गते बिहीबार काठमाण्डौको नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालय परिसरमा बिहान १० बजे साधारणसभा आह्वान गरेको हो ।
सभामा सञ्चालक समितिको आ.ब. २०७९-८० को वार्षिक प्रतिवेदनमा छलफल गरी स्वीकृत गर्ने, सोही आ.व.को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण छलफल गरी अनुमोदन गर्ने, आ.ब. २०८०-८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका अजेण्डा समेत पेश हुनेछन् ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १७ गते एकदिनका लागि बुक क्लोज गर्नेछ ।
पुस १६ गतेसम्म सेयरधनी कायम भएकाहरुले कम्पनीबाट घोषित लाभांश पाउन र साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago