काठमाण्डौ । बीमा समितिको अध्यक्षमा पूर्व गृहसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले चिरञ्जिवी चापागाईको पदावधि सकिएपछि रिक्त रहेको समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी यसअघि नेपाल सरकारको विभिन्न मन्त्रालयको सचिवको रुपमा काम गरी सेवानिवृत भएका व्यक्ति हुन् । यसअघि अख्तियार अनुसन्धान आयोगको प्रमुख आयुक्तको दौडमा समेत रहेका उनले गृहबाहेक आपूर्ति मन्त्रालय समेत रहेर काम गरेका थिए ।
बीमा समितिको अध्यक्षमा निर्वाचित सिलवालको बीमा क्षेत्रको विज्ञता भने छैन । बिमा ऐनमा बीमा समितिको अध्यक्ष हुने व्यक्तिमा बीमा सम्बन्धी विज्ञता हुनुपर्ने व्यवस्था गरिएको छ । तर, यो व्यवस्थाको कार्यान्वयन लामो समयदेखि हुन सकेको छैन । यसअघि अध्यक्ष नियुक्त चापागाईं पनि बीमा क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्ति थिएनन् । उनको नियुक्तिलगत्तै त्यसविरुद्ध रिट परे पनि त्यसलाई टार्दै उनी ४ वर्षे कार्यकालभरि टिकिरहन सकेका थिए ।
यसपटक बीमा समितिको अध्यक्षका लागि बीमा विज्ञ डा. रविन्द्र घिमिरे, राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, बिमा समितिका पूर्व कर्मचारी श्रीमान कार्की लगायतका व्यक्तिहरु दौडमा थिए । तर, सरकारले विज्ञ व्यक्ति र बीमा सम्बन्धी अनुभवीलाई छाडेर पुरानै ढर्रामा विज्ञता नै नभएका पूर्व प्रशासकलाई समितिको अध्यक्ष बनाएको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago