काठमाण्डौ । प्रभूू बैंकले बिहीबारदेखि अछामको कमलबजार नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । 

यूके एडको अनुदानमा संचालित सक्षम कार्यक्रमको सहकार्यमा बैंकले कमलबजार ८ मा नयाँ शाखा संचालनमा ल्याएको हो । 

नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका मुख्य व्यवस्थापक विश्रुत थापाले एक समारोहका बीच सो शाखा कार्यालयको उद्घाटन गरेका थिए । 

अछाममा प्रभूको शाखा बिस्तार भएसँगै यसले स्थानीयलाई सहज बैकिङ सेवा प्राप्त गर्न सजिलो हुने बताइएको छ ।