काठमाण्डौ । कुमारी बैंक लिमीटेडले पुसको तुलनामा माघका लागि निक्षेपको ब्याजदर करिब १३ प्रतिशतले घटाएको छ । 

माघ १ गतेदेखि लागू हुने गरी प्रकाशित नयाँ ब्याजदरअनुसार निक्षेपकर्ताले व्यक्तिगत मुद्दति निक्षेपतर्फ अधिकतम ८.११ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्नेछन् । 

पुसका लागि भने मुद्दति निक्षेपको व्यक्तिगततर्फको अधिकतम ब्याजदर ९.३१ प्रतिशत थियो । 

कुमारी बैंकले व्यक्तिगत मुद्दतितर्फ ३ महिनादेखि ६ महिना अवधिको ब्याजदर ६.५० प्रतिशत तोकेको छ । 

यस्तै, ६ महिनादेखि १ वर्षसम्मको ब्याजदर ७.२५ प्रतिशत, १ वर्ष वा सोभन्दा बढी अवधिका लागि ८.११ प्रतिशत ब्याजदर तोकिएको छ । 

संस्थागततर्फ ६ महिनादेखि १ वर्ष अवधिको ब्याजदर ५.२५ प्रतिशत र एक वर्ष वा सोभन्दा बढी अवधिका लागि ६.११ प्रतिशत तोकिएको छ।

पुसमा ४.५१ प्रतिशत रहेको सामान्य बचत खाताहरुको ब्याजदर घटेर माघमा ४.११ प्रतिशत कायम भएको छ । 

बैंकको कात्तिकमा १०.७७ प्रतिशत रहेको आधार दर घटेर मंसिरमा १०.६६ प्रतिशत भएको छ । यसको अर्थ ऋणको ब्याजदर पनि घट्दो क्रममा रहेको देखिएको छ ।