काठमाण्डौ । बीस वाणिज्य बैंकमध्ये १७ वटाले माघका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश वाणिज्य बैंकले ब्याजदरमा भारी कटौति गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
माघ १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदरअनुसार पुसको तुलनामा एनएमबी र एभरेष्ट बैंकले ब्याजदर घटाएका छैनन् भने बाँकी सबैले घटाएर प्रकाशित गरेका छन् ।
मुद्दति निक्षेपको ब्याजदर पुसको तुलनामा धेरै घटाउने बैंकहरुमा प्राइम कमर्सियल, माछापुच्छ्रे, नेपाल एसबीआई, कृषि विकास, कुमारी, प्रभू, सानिमा, लक्ष्मी सनराइज बैंक रहेका छन् ।
पुसको तुलनामा प्राइम बैंकले व्यक्तिगत मुद्दतितर्फ १९ प्रतिशत र संस्थागतर्फ २३.७५ प्रतिशत ब्याजदर घटाएको छ । यस्तै, माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १६.६६६६ प्रतिशतले घटाएको छ भने संस्थागतर्फ २१.०५२६ प्रतिशतले कटौति गरेको छ ।
नवील, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा लगायतले पनि ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।
निक्षेपको ब्याजदरसँगै अधिकांश बैंकहरुको आधार दर पनि घटेको छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago