काठमाण्डौ । अनलाईनमार्फत बैंकिङ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । 

बैंकिङ ठगी आरोपमा धनुषा जनकपुर उपमहानगरपालिका- १४ घर भई हाल काठमाण्डौ महानगरपालिका-३२ जडीबुटी बस्ने २१ वर्षिय भाग्य नारायण यादब पक्राउ परेका हुन् । 

यादबलाई विभिन्न व्यक्तिको बैंक खातामा भएको रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरी रकम लिई अनलाईनमार्फत ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

यादवले पिडितले प्रयोग गर्ने मोबाइल नम्बरमा अपरिचित स्रोत भएको युआरएल लिंक एसएमएसमार्फत पठाई सोहि लिंकको पहुँच लिई पिडितको बैंक खातामा अनाधिकृत रुपमा पहुँच पुर्‍याई खातामा भएको मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरी रकम लिई अनलाईन मार्फत ठगी गर्ने गरेका थिए ।

उनलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।