काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले पुस २८ गते शनिवारका दिन पोखरामा आफ्नो सत्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत स्वीकृत गरेको छ । 

उक्त लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।  

सभाबाट आ.व. २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पनि पारित भएका छन् । 

बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । 

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदनउपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए । 

समारोहमा बैंकका पूर्व अध्यक्ष मीनप्रसाद गुरुङ्गले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

साधारण सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोदकुमार शर्मा रसरोजा श्रेष्ठ(कोइराला) सर्वसम्मत चयन भएका बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।