काठमाण्डौ । निर्जीवन बिमा कम्पनी समूहको कान्छो सदस्य अजोड इन्स्योरेन्स लिमीटेडले १२ दिनमै २ करोड बढी नाफा कमाएको वित्तीय विवरण पस्किएको छ ।
यो कम्पनी ०७५ असोज २१ गतेदेखि संचालनमा आएको हो । यो कम्पनीले १२ दिनमै २ करोड बढी नाफा भएको विवरण पस्किएको हो ।
कर्जा लगानी तथा अन्य आम्दानीबाट मात्रै कम्पनीले ३ करोड २३ लाख कमाएको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ७० करोड, रिजर्बमा ९० लाख र बिमा कोषमा १ करोड रुपैयाँ रहेको छ ।
संचालनको १२ दिनसम्ममा यो कम्पनीले १ लाख ३८ हजार खूद बिमा शुल्क आर्जन गरेको छ भने रिइन्स्योरेन्स कमिसनबापत ४ लाख ८८ हजार आर्जन गरेको छ ।
यो अवधिमा कम्पनीले ३३ वटा बिमालेख जारी गरेको छ भने यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.८७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०२.८७ रुपैयाँ कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago