काठमाण्डौ । अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

पौष २४ गते मंगलबार भएको सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले हस्ताक्षर गरेका हुन् ।

सम्झौताबमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लिमीटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।