काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का पूर्वगभर्नर रघुराम राजनले भारतको जीडीपी आँकडाबाट सबैजना अलर्ट हुनुपर्ने बताएका छन्।

राजनले आफ्नो लिंक्डइन पेजको एउटा पोस्टमा जब इनफर्मल सेक्टरको आँकडा जोडिन्छ तब अर्थतन्त्रमा २३.९ प्रतिशतको गिरावट अझै बढ्न सक्ने उल्लेख गरेका छन्। उनले भारतको अर्थव्यवस्थामा अमेरिका र इटालीभन्दा बढी नोक्सानी पुगेको बताएका छन्। यी दुवै देश कोरोनाभाइरस महामारीबाट अति प्रभावित छन्। 

राजनले जबसम्म यो भाइरसमाथि काबु गर्न सकिँदैन तबसम् मभारतमा विवेकाधीन खर्चको स्थिति कमजोर रहिरहने बताए। उनले सरकारले अहिलेसम्म जुन राहात उपलब्ध गराएको छ, त्यो पर्याप्त नरहेको उल्लेख गरेका छन्। 

राजनले सरकारले भविष्यमा प्रोत्साहन प्याकेज दिनका लागि आज जुन संसाधनहरु बचाउने रणनीति लिएको छ, त्यो आत्मघात हुने पनि चेतावनी दिए। ‘सरकारी अधिकारीहरु सोचिरहेका छन् कि यो भाइरसमाथि काबु पाएपछि मात्र राहात प्याकेज दिनुपर्छ, उनीहरु अहिलेको स्थितिलाई गम्भीरतापूर्वक लिइरहेका छैनन्’, उनले भने, ‘त्यतिबेलासम्म त अर्थव्यवस्थामा धेरै नै नोक्सानी भइसकेको हुनेछ।’

राजनले राहात बिना सर्वसाधारणको गुजारा असम्भव रहेको बताए। ‘राहात बिना मानिसहरु खाना छोड्नेछन्, बालबालिकालाई स्कुलबाट निकाल्नेछन् र उनीहरुलाई भिख माग्न लगाउनेछन्’, उनले भने, ‘ऋण लिन आफूसँग भएका गरगहना धितो राख्नेछन्। ईएमआई र घर भाडा बढ्दै जानेछ।’

यसरी राहातको अभावमा साना तथा मझौला कम्पनीहरुले आफ्नो कर्मचारीहरुलाई तलब दिन नसक्ने पनि राजनले दाबी गरे। ‘यस्ता कम्पनीहरुले कर्जा बढ्दै जानेछ र अन्ततः बन्द हुनेछन्’, उनले भने, ‘त्यसैले जबसम्म यो भाइरसमाथि काबु हुनेछ तबसम्म अर्थतन्त्र बर्बाद भइसक्नेछ।’

पूर्वगर्भनर राजनले सरकारको राहातमा खर्च गर्न नसक्ने भन्ने धारणा गलत हुने बताए। ‘संसाधनहरु बढाउँदै चतुराइँपूर्वक खर्च गर्न आवश्यक छ’, उनले भने। – एजेन्सी