काठमाण्डौ । टाटा गुप्र अन्तर्गतको कम्पनी टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्ने भएको छ ।

कम्पनीले बेलायतमा रहेको सबैभन्दा ठूलो कारखानाका विष्फोटक भट्टीहरु बन्द गर्ने योजना अगाडी सारेसँगै ३ हजार कर्मचारीको रोजगार जोखिममा परेको हो । 

रिपोर्टका अनुसार कम्पनीले पोर्टटालबोट स्टिलवक्स युनिटमा रहेका विष्फोटक भट्टीहरु बन्द गर्ने योजना बनाएको छ । तर यसबारे कम्पनीले आधिकारिक रुपमा जानकारी उपलब्ध भने गराएको छैन । 

रोजगारी जोगाउने उदेश्यले कर्मचारी युनियनले कम्पनी व्यवस्थापनसँग वैकल्पिक प्रस्ताव पेश गरेको थियो । तर कम्पनीले युनियनको प्रस्ताव नकारेको अन्तराष्ट्रिय  मिडियाले जनाएका छन् । 

गत सेप्टेम्बरमा बेलायतका स्टिल क्षेत्रलाई कार्बनरहित बनाउन कम्पनीहरुले ५ सय करोड पाउण्ड लगानी गर्ने घोषणा गरेका थिए ।   -एजेन्सी