काठमाण्डौ । स्मार्टफोन निर्माता कम्पनी सामसङलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो फोन निर्माता कम्पनी बनेको छ ।
पहिलो पटक सामसङलाई पछि पार्दै एप्पल सबैभन्दा बढी स्मार्टफोन बजारमा पठाउने कम्पनी बनेको हो ।
त्रैमासिक रूपमा मोबाइल फोन ट्रयाक गर्ने कम्पनी इन्टरनेशनल डेटा कर्पोरेसन (आईडीसी) का अनुसार पहिलो पटक बजारमा स्मार्टफोन पठाउने होडमा एप्पल पहिलो भएको हो ।
सामसङले चिनियाँ फोन निर्माता शाओमी, ओप्पो र ट्रान्ससनलाई पछि पार्दै १९.४ प्रतिशत बजार हिस्सा लिएको छ ।
आईडीईसीका अनुसार एप्पलले सन् २०२३ मा कुल २३ करोड ४६ लाख स्मार्टफोन बजारमा पठाएर उक्त कीर्तिमानी कायम गरेको हो । यता सामसङले भने सोहि अवधिमा २२ करोड ६० लाख स्मार्टफोन बजारमा पठाएको छ ।
त्यसपछि साओमी र ओप्पोले क्रमशः १४ करोड ५० लाख र १० करोड ३१ लाख स्मार्टफोन बजारमा पठाएका छन् ।
तर कोरोना महामारी पछि भने धेरै मानिसहरू अपग्रेड भएपछि स्मार्टफोनको बिक्री घटेको छ।यो वर्ष भने बजार मागमा सुधार आउने विज्ञहरुको अनुमान छ ।
यसले सामसुङलाई भने झट्का दिएको छ । कम्पनी अहिलेसम्म मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजनहरूको विश्वको सबैभन्दा ठूलो निर्माताको रूपमा शीर्ष स्थानमा थियो।
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स यो कम्पनीको उपभोक्ता इलेक्ट्रोनिक्सको विश्वव्यापी माग कमजोर रहेकोले यसको नाफा अपेक्षा भन्दा बढी घट्ने अनुमान छ।
यसले ट्रान्ससन र शाओमी जस्ता सस्तो एन्ड्रोइड मोडेलहरूबाट पनि प्रतिस्पर्धाको सामना गरिरहेको छ । -एजेन्सी
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago