काठमाण्डौ । हजारौं फिटमाथि उडिरहेको जहाजको शौचालयमा एक घण्टाभन्दा बढी समयका लागि थुनिनु पर्दा कस्तो अनुभुति होला ?

तपाई हामीलाई यसबारे सुन्दा पनि डर र असहज महशुस हुन सक्छ । तर भारतीय विमान कम्पनी स्पाइसजेटको जहाजमा एक यात्रु एक घण्टासम्म शौचालयमा बन्द भएको घटना सार्वजनिक भएको छ । 

मुम्बईबाट बेङ्ग्लोरका लागि १०५ मिनेटको उडान गरिरहेको  जहाजको शौचालको ढोकामा प्राविधिक समस्या देखिएपछि ती यात्रु एक घण्टासम्म शौचालयमै बन्द भएका हुन् । 

ती यात्रुलाई विमान बेङ्ग्लोरमा अवतरण गरेपछि गत मंगलबार बिहान उद्धार गरिएको अन्तराष्ट्रिय मिडियाले बताएका छन् । 

विमान कम्पनीले यो घटनाबाट यात्रुमा पर्न गएको असहजताप्रति क्षमायाचना गरेको छ । यात्रा अवधिभर यात्रुलाई आवश्यक सहयोग र निर्देशन दिइएको कम्पनीले जनाएको छ । 

विमान बेङ्ग्लोर अवतरण भएपछि इन्जिनीयरले ढोका खोलेको र यात्रुलाई तत्कालै उपचारको सुविधा प्रदान गरिएको थियो । 
कम्पनीका प्रवक्ता
ले पिडित यात्रुलाई हवाई यात्राको टिकटको रकम फिर्ता गरिने बताएका छन् । 

भारतीय उड्ययनमन्त्रिले यात्रुहरुले भोग्नु परेको समस्या र असुविधालाई सम्बोधन गर्न देशका ६ वटा मुख्य विमानस्थलमा ‘वार रुम’को व्यवस्था गर्ने बताएको केहि दिन मात्रै बितेको अवस्थामा यस्तो घटना सार्वजनिक भएको हो । -एजेन्सी