काठमाण्डौ । सन् २०२३ को पछिल्लो तीन महिनाको अवधिमा चीनको कुल ग्राहस्थ उत्पादन(जीडीपी) ५.२ प्रतिशतले वृद्धि भएको छ ।

चीनको राष्ट्रिय तथ्यांक विभागले जारी गरेको तथ्यांक अनुसार गत वर्षको चौथो त्रैमाससम्ममा चीनको जीडीपी ५.२ प्रतिशतले वृद्धि भएको हो । 

जुन वृद्धि रोयटर्सले प्रक्ष्ोपण गरेको ५.३ प्रतिशतको वृद्धिभन्दा कम हो । तथ्यांकका अनुसार गत वर्ष चीनको समग्र जीडीपी पनि भने ५.२ प्रतिशतले नै बढेको छ । जुन सन् २०२२ को तुलनामा ३ प्रतिशतले धेरै हो । 

गत वर्षको तथ्यांकले चीनको अर्थतन्त्र नयाँ आर्थिक मोडलतर्फ लम्किरहेको संकेत गरेको पिनप्वाइन्ट एसेस्ट्स म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री जीवेई जाङ बताएछन् । 

‘घर–जग्गा क्षेत्रमा लगानी घटिरहेकाले अर्थतन्त्र उत्पादन र सेवा क्षेत्रमा अधिक निर्भर बनेको छ,’जाङले बताए । 

गत डिसेम्बर महिनामा चीनका ७० भन्दा भेरै ठूला शहरमा घर–जग्गाको मूल्य ०.५ प्रतिशतले घटेको छ । 

रियल स्टेट क्षेत्रले चीनको कुल अर्थतन्त्रको २० प्रतिशत हिस्सा ओगटेको छ । चिनीया सरकारको नीतिका कारण त्यहाँको रियल  स्टेट क्षेत्र प्रभावित बनेको छ । 

सन् २०२३ मा रियल स्टेट क्षेत्रको लगानी ९.६ प्रतिशतले घटेको छ । त्यस्तै यो अवधिमा पूर्वाधार र उत्पादन क्षेत्रको लगानी भने क्रमशः ५.९ र ६.५ प्रतिशतले वृद्धि भएको छ । 

त्यस्तै राष्ट्रिय तथ्यांक विभागको तथ्यांक अनुसार गत डिसेम्बर महिनामा १६ देखि २४ वर्ष उमेरका १४.९ प्रतिशत चिनीया युवा बेरोजगार छन् । शहरी क्षेत्रमा ५.१ प्रतिशत युवा बेरोजगार रहेको तथ्यांकमा उल्लेख गरिएको छ । -एजेन्सी