काठमाण्डौ । तपाईं हामीले चार या पाँच तारे होटलको नाम त सुनेकै छौं ।

तर कमैले १० तारे होटलको नाम भने सुनेको हुनुपर्छ । के तपाईं उक्त होटलमा जानका लागि यात्रा गर्न उत्साही हुनुहुन्छ त ? जसलाई विलासिता मन पर्छ ।

ठूला होटलहरूमा बास बस्न र महँगो बसाइमा पाइने सबै सुविधाहरूको आनन्द लिन चाहनुहुन्छ त ? तपाईंको यो गन्तव्य दुबईस्थित बुर्ज अल अरब होटलमा गएमा पुरा हुन सक्छ । यो संसारको एक मात्र १० तारे होटल हो ।

यो होटल डिसेम्बर सन् १९९९ मा स्थापना गरिएको संसारको सबैभन्दा विलासी होटलमध्ये एक मानिन्छ। यो होटल  शेख मोहम्मद बिन रशीद अल मकतौमले स्थापना गरेका हुन् ।

यो होटेल कृत्रिम टापुमा छ र विश्वको सबैभन्दा अग्लो होटेलहरू मध्ये एक हो। कृत्रिम टापुमा अवस्थित यो वास्तुशिल्प जुमेराहको नजिक निर्माण गरिएको छ, जुन विलासिताको पर्याय पनि हो  ।

जुमेराह तटबाट २८० मिटरको दूरीमा अवस्थित यो होटलमा पुग्नका लागि एउटा घुमाउरो पुलको प्रयोग गर्नु पर्दछ ।

अनौठो आकार तथा भव्यताका साथमा बुर्ज अल अरब केवल एक लग्जरी होटल मात्र नभई दुबईको मात्र नभएर विश्वकै उद्योगी, व्यवसायी, इन्जिनियर तथा कालिगढका लागि महत्वकांक्षी तथा आधुनिकताको प्रतिक पनि हो ।

न्यूज नाइन अनलाइन पोर्टलका अनुसार व्यक्तिले बुक गर्ने सिजनले होटलको मूल्यलाई पनि असर गर्न सक्छ र सामान्यतया, होटलको आवास मूल्य प्रतिरात १ हजार ६५३ यूरोबाट सुरु हुन्छ।

यो लगभग १ हजार ७८० अमेरिकी डलर बराबर हो । कोठा बुकिङ भने वेबसाइटमार्फत गर्न सकिन्छ । होटलमा छूट र विशेष मूल्यहरू पनि उपलब्ध छन् ।

हुन त यो होटेलमा बस्न चाहनु सामान्य मानिसको लागि कल्पनाभन्दा बाहिरको विषय हो ।

मूख्य सहरबाट एक निजी पुल हुँदै यो होटलमा जान सकिन्छ। होटलको छतमा ६८९ फिटको उचाइमा हेलिप्याड पनि छ ।साथै यो समुद्र सतहबाट मात्र ३०० मिटरभन्दा माथि छ।

अतिथिको रूपमा तपाईं या त हेलिकप्टरमार्फत् नाटकीय रूपमा प्रवेश गर्न सक्नुहुन्छ वा शाही ठाँटबाँटका साथ रोयल्स कारबाट प्रवेश गर्न सक्नुहुन्छ। कोठाहरूमा भुइँदेखि छतसम्म झ्यालहरू लगाइएका छन् ।

होटेलका कोठाहरू आधुनिक डिजाइनका साथै उच्च स्तरमा सुसज्जित छन् ।त्यसमा पनि सुइट र शाही सुइट कोठाहरु छन्, जसमा विलासी गलैंचा र राम्रो फर्नीचर पनि छ।

यतिमात्र नभई सबै कोठा वातानुकूलित छन्  । एक फ्रिज र वासिङ मेसिनका साथै एक चिया र कफी मेकर पनि छ।

कोठा भित्र वाइफाई, रिएक्टर स्पिकरहरू, एचडी टेलिभिजनहरू र अन्य सुविधाहरु समावेश छन्  ।

यो होटलबाट अरब सागरको मनमोहक दृष्य पनि अवलोकन गर्न सकिन्छ । -एजेन्सीहरु