काठमाण्डौ । भारतको शीर्ष पेन्ट निर्माता कम्पनी एशियन पेन्ट्सको मुनाफा ३५ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले भारतको चालु वित्त वर्षको तेस्रो त्रैमाससम्ममा १४.४८ अर्ब भारु खुद मुनाफा आर्जन गरेको हो । 

जुन गत वर्षको सोहि अवधिको तुलनामा ३५ प्रतिशतले धेरै हो । विश्लेषकहरुले कम्पनीले यस अवधिमा १४.०४ अर्ब भारु मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेका थिए । तर कम्पनीले अपेक्षाभन्दा बढी मुनाफा आर्जन गरेको छ । 

भारतको सज्जा क्षेत्रमा भएको १२ प्रतिशतले वृद्धिमा एशियन पेन्ट्सको हिस्सा ८० प्रतिशत रहेको छ । 

यसअघिका त्रैमासमा मध्यम माग भएपनि विस्तारित फेस्टिभ सिजनका कारण मुनाफामा वृद्धि देखिएको कम्पनीका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अमित स्याङग्ले बताए । 

तथ्यांक सार्वजनिक भएपनि कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएको छैन । यस वर्ष कम्पनीको सेयरमूल्यमा ५ प्रतिशतको गिरावट आईसकेको छ । -एजेन्सी