काठमाण्डौ । जापानको हवाई विमान कम्पनी‘जापान एयरलाइन्स’को अध्यक्षमा कम्पनीकी पूर्व विमान परिचारिका नियुक्त भएकि छन् । 


जापान एयरलाइन्सको अध्यक्षमा पूर्व क्याबिन परिचारिका तथा वरिष्ठ प्रबन्ध कार्यकारी अधिकृत मित्सुको तोतोरी नियुक्त भएकि हुन् । तोतोरी सन् १९८५ मा जापान एयरलाइन्स प्रवेश गरेकि थिइन् । यस वर्ष कम्पनीले हवाई इतिहासकै सबैभन्दा खराब दृर्घटनाको सामना गरेको थियो । 

तोतोरीलाई आगामी अप्रिल १ गतेदेखि लागू हुने गरी कम्पनीको अध्यक्ष पदमा नियुक्त गरिएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

यसलाई जापानको रोजगार क्षेत्रमा व्याप्त रहेको लैंगिक असमानता कम गर्न भईरहेको संघर्षको सांकेतिक अर्थका रुपमा हेरिएको छ । 
लैंगिक विविधतालाई बढावा दिन र तलबमा रहेको असमानतालाई सम्बोधन गर्न जापानी कम्पनीहरुमाथि बढीरहेको बढ्दो दबावका बिच जापान एयरलाइन्सले महिला अध्यक्ष नियुक्त गरेको हो । जी–७ राष्ट्रहरुमध्ये जापानको रोजगार क्षेत्रमा लंैगिक असमानतामा सबैभन्दा धेरै छ । 

केहि समयअघि टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान र जापानको सैन्य तटरक्षक विमान एक आपसमा ठोक्किएपछि हवाई सुरक्षा चासोको केन्द्र बनेको छ । -एजेन्सी