काठमाण्डौ । पूरा अमेरिकाभरका गोप्य फर्महरुमा मानिसहरुको जीवन रक्षा गर्ने प्रयोजनले कखुराका लाखौं अण्डाहरु राखिएका छन् ।
यस्ता बहुमूल्य अण्डाहरुलाई प्रत्येक दिन सयौं र हजारौं ट्रकमा राखेर त्यस्ता फर्महरुमा राखिन्छ, जहाँ यी अण्डाको सुरक्षाका लागि गार्ड, लाखौं डलर बराबरको सरकार प्रवद्र्धित सुरक्षा सिस्टम बनाइएको हुन्छ ।
तर, ती कुखुराका अण्डाहरु ब्रेकफास्टका लागि त्यसरी स्टोर गरिएको होइन । ती अण्डाहरु त बेला बेला देखिने फ्लूहरुको नियन्त्रणका स्रोत हुन् ।
विगत ८० वर्षदेखि विश्वका अधिकांश मुलुकहरुले कुखुराका अण्डालाई इन्फ्लूएञ्जा भ्याक्सिन निर्माणको काममा प्रयोग गरिरहेका छन् ।
फ्लूका लागि आवश्यक खोपका करिब १७४.५ मिलियन डोज यो पटकको फ्लू सिजनमा वितरण गरियो । यो भनेको फेब्रुअरीको अन्तबाट हालसम्म वितरण गरिएको तथ्यांक हो । यसरी वितरण गरिएका फ्लू भ्याक्सिनमध्ये ८२ प्रतिशत अण्डामा आधारित रहेको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसी)ले जनाएको छ ।
प्रत्येक अण्डामा एक भ्याक्सिन निर्माण हुन्छ भन्ने तथ्य मान्ने हो भने पनि अमेरिकाले यो फ्लूको सिजनमा मात्रै १४० मिलियन अण्डा प्रयोग गरेको हुनसक्छ ।
वार्षिक रुपमा फैलिने मौसमी फ्लू तथा आउनसक्ने प्रकोपलाई मध्यनजर गरी अमेरिकी सरकारले अण्डा खरीदका लागि विगत १५ वर्षदेखि नै लाखौं डलर खर्च गरिरहेको छ, यसको एक मात्र उद्देश्य हो देशमा आवश्यकभन्दा पर्याप्त भ्याक्सिन उत्पादन गर्न सकियोस् ।
हाल, विश्व नै कोरोना भाइरसको नयाँ चुनौतिको डटेर सामना गरिरहेको छ । कोभिड–१९ पनि भनिने यसबाट विश्वभर ५ लाख बढी मानिस प्रभावित भइरहेका छन् । यो संक्रमणबाट हालसम्म २७ हजार बढीको मृत्यु भइसकेको छ । अमेरिकामा सबैभन्दा बढी अर्थात १ लाख बढी संक्रमित फेला परिसकेका छन् । यो संक्रमण डिसेम्बर अन्तबाट फैलिएको थियो ।
तर, हालसम्म कोरोना भाइरस संक्रमणलाई ठीक पार्ने भ्याक्सिन भने बन्न सकेको छैन । किनभने यो इन्फ्लूएञ्जा भाइरसभन्दा फरक भाइरस हो, अण्डा प्रयोग गरेर भ्याक्सिन निर्माण गर्ने पुरातन प्रविधिले कोरोनाका लागि काम गर्न सक्दैन ।
कोरोनाको उपचार खोजीमा जुटेका अमेरिकाका सयौं वैज्ञानिकहरुका लागि यसरी स्टोर गरिएका र लाखौं डलर खर्च गरी सुरक्षित राखिएका अण्डाको काम छैन ।
वैज्ञानिकहरुले १९३० देखि नै अण्डाको माध्यमबाट भ्याक्सिन निर्माण गर्न थालेका थिए ।
इंग्ल्याण्डका खोजकर्ताहरुले यसको प्रयोग १९३७ मा आफ्नो देशको सेनामा गरेका थिए, त्यसको केही वर्षपछि अमेरिकी वैज्ञानिकहरुले अण्डामार्फत बनेको भ्याक्सिनले फ्लू नियन्त्रण हुनसक्छ भन्ने कुरा पत्ता लगाए ।
अमेरिकी सरकारले सर्वसाधारणका लागि समेत अण्डामा आधारित भ्याक्सिन १९४० बाट उपलब्ध गराउन थालेको थियो ।
खोप बनाउने प्रक्रिया अन्तरगत छानिएका फर्टिलाइज्ड कुखुराका अण्डाहरुमा इञ्जेक्सन हाल्ने काम गरिन्छ । त्यसपछि केही दिनसम्म यसलाई न्यानोमा राखिन्छ र त्यसलाई पुनरउत्पादन फर्ममा लगिन्छ । त्यसपछि वैज्ञानिकहरुले अण्डाबाट भाइरसयुक्त तरल पदार्थ निकाल्छन् । त्यसपछि तिनीहरुले भाइरसलाई निस्क्रिय पार्छन, ताकि यो अब कुनै रोगको कारण बन्न नसकोस् । र, यसलाई शुद्ध पारिन्छ। र, त्यहाँ भाइरस प्रतिरोधी तत्व हालिन्छ ।
त्यसपछि यसले तपाईको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने काम गर्छ । यसरी यो खोपले तपाईको प्रतिरक्षा प्रणालीलाई वास्तविक संक्रमण सहन तयार गर्दछ ।
यो पूरा प्रक्रियाका लागि कम्तीमा ६ महिना लाग्छ ।
सरकारले विभिन्न अण्डा उत्पादक कम्पनीबाट यसका लागि आवश्यक अण्डा प्राप्त गर्दछ, ती अण्डाहरु देशका सयौं डेडिकेटेड फर्महरुमा गोप्य र सुरक्षित राखिएको हुन्छ ।
उच्च गुणस्तरको अण्डा आपूर्तिका लागि अमेरिकी सरकारले प्रति वर्ष एउटा आपूर्तिकर्ता कम्पनीलाई मात्र ४२ मिलियन डलरसम्म तिर्छ । किनभने यी अण्डाहरु महत्वपूर्ण छन्, यदि सप्लाई चेन प्रभावित भयो र आवश्यकभन्दा कम अण्डा आयो भने यसले मौसमी फ्लू नियन्त्रण अभियान नै प्रभावित हुन पुग्छ ।
यसले अण्डामा अमेरिकाले निकै ठूलो खर्च गरिरहेको छ भन्ने देखिन्छ । प्रत्येक वर्षको मौसमी फ्लू नियन्त्रणका लागि अमेरिकी सरकारले १०.४ बिलियन डलर खर्च गर्नुपर्छ । सीडीसीका अनुसार यसमा उपचार र अस्पताल खर्च समेत समावेश छ ।
उसका अनुसार अण्डाहरु मौसमी फ्लूको खोप बनाउन मात्र प्रयोग हुँदैनन् । अन्य केही रोगहरुको औषधि बनाउँदा समेत यसको प्रयोग हुने गर्छ ।
यो मेथडले कोराना नियन्त्रणमा किन काम गरेन ?
जब कोरोना भाइरसको प्रकोप फैलियो, विश्वभरका चिकित्सक तथा वैज्ञानिकहरु यसको खोप बनाउने अभियानमा छन् । तर, यो अभियानमा अन्य फ्लूमा जस्तो काम गरेको छैन ।
वैज्ञानिकहरुले अण्डामै कोरोनाविरुद्धको खोप बनाउने प्रयास पनि नगरेका होइनन्, तर यो प्रयास निरर्थक रह्यो, कम समयका कारण । अण्डामा छोटो समयमै कोरोनासँग लड्नसक्ने प्रतिरक्षा प्रणालीको विकास हुन सकेन ।
यहीकारण अहिले अमेरिकी अधिकारीहरु अण्डा बाहेकको वैकल्पिक विधिमार्फत कोरोना भाइरसको खोप पत्ता लगाउने कोशिशमा छन् । यसका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एन एक्जूकेटिभ अर्डरमा हस्ताक्षर समेत गरिसकेका छन् ।
एक अधिकारीले कोरोना संक्रमणको खोप पत्ता लगाउन ६ महिनाको समय कम हुने बताउँदै यसका लागि समय लाग्ने र अहिले पूरा विश्व घरभित्र बस्नुको विकल्प नरहेको बताएका समाचारमा उल्लेख छ ।
अमेरिकी चिकित्सक तथा वैज्ञानिकहरु पछिल्लो समय अण्डाभन्दा वैकल्पिक माध्यमबाट फ्लूको खोपको आविष्कारको अभियानमा छन् । यसको एउटा कारण हो एभियन इन्फ्लूएञ्जाले कुखुराहरु भकाभक मर्न थाले भने त्यो वर्ष अमेरिकामा आवश्यक फ्लूको खोप पर्याप्त उपलब्ध हुने छैन, जसले पूरा उपचार प्रणाली नै डामाडोल बनाइदिनसक्छ ।
कतिपय अधिकारीहरुले लामो समय लगाएर अनुसन्धान गर्ने हो भने अण्डाबाटै समेत कोरोना भाइरसको खोप पत्ता लाग्नसक्ने समेत तर्क गर्छन् । तर, उनीहरुको भनाईमा यसका लागि १२ देखि १८ महिना समय लाग्नसक्छ । यस्ता महामारीका लागि यो समय भनेको निकै लामो हो, यहाँ त तत्काल भाइरस नियन्त्रण गर्नसक्ने खोप आवश्यक छ, जसका लागि अमेरिकी वैज्ञानिकहरु संभावित विकल्पहरुमा काम गरिरहेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार अण्डारहित प्रविधिमार्फत कोरोनाको २० संभावित भ्याक्सिनहरुको विकास भइरहेको छ । तीमध्ये केही खोप एमआरएनए प्रविधिमा आधारित छन्, जसले शरीरका कोशिकाको उचित संचालनका लागि महत्वपूर्ण अणु उपयोग गरेर भाइरससँग लड्न आवश्यक प्रोटिन उत्पादनमा मद्धत गर्छ ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago