काठमाण्डौ। संसारमै दुलर्भ मानिएको एउटा सुनको सिक्का गत मंगलबार अमेरिकाको अक्सन मार्केटमा डबल मूल्यमा बिक्री भएको छ। 

उक्त सिक्का न्युयोर्कमा १८.९ मिलियन डलरमा बिक्री भएको हो। 

उक्त सुनको सिक्का फेस भ्याल्यू जम्मा २० डलर रहेको छ। जुन पहिलेको रेकर्डभन्दा डबल मूल्य हो। यसअघि यो सिक्का सन् २००२ मा अक्सन मार्केटमा नै ७.६ मिलियन तोकिएको थियो।

अति दुर्लभ मानिने यो सिक्का सन् १९३३ मा बनेको थियो। यो सिक्काको डिजाइन एक जुत्ता डिजाइनरले गरेका हुन्। यो सिक्काको एउटा साइडमा ‘लिबर्टी’ को चिह्न छ भने अर्को साइडमा डबल ‘इगल’ को संकेत छ। 

सन् १९४४ तिर यो सिक्का चोरिएको थियो। त्यतिबेला यो सिक्का पगालिएको भनेर चर्चा पनि चलेको थियो। 

यस सिक्का विषयमा यसको मालिक र अमेरिकी सरकारबीच कानुनी लडाइँ पनि भएको थियो। – एजेन्सी