काठमाण्डौ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मूल नाराका साथ बैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको इबैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरेको छ ।
बैंकले बैशाख ६ गतेदेखि लागू हुने गरी परिमार्जित, आधुनिक र सरल आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दैे सो सुविधा प्रयोग गर्न सकिन्छ र ग्राहकहरुले आफ्नो बैंक खाताको रकम अन्य बैंक–वित्तीय संस्थाको खातामा ट्रान्सफर गर्न, इसेवामा रकम जम्मा गरी विभिन्न भुक्तानीहरु गर्न, एनटिसी, एनसेल, पिएसटिएन, स्मार्टसेलहरुमा मोवाइल टपअप गर्न तथा तालिकाहरु बनाई विभिन्न भुक्तानी तथा इएमआई पेमेन्ट्सहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।
यो सेवा लिएको पहिलो वर्ष कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19