– रेखा चन्द
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय तरलताको संकट समाधान हुुँदै गइरहेको संकेत गरेको छ।
बढ्दो निक्षेप र घट्दो कर्जा लगानीसँगै अन्तरबैंक ब्याजदरसमेत घटेकोले तरलतामा प्रेसर नभई सहज भइरहेको राष्ट्र बैंकले जनाएको छ। स्थायी तरलता सुुविधाको प्रयोगमासमेत कमी आएको केन्द्रीय बैंकको भनाइ छ।
राष्ट्र बैंकका अनुुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुुपात (सीडी रेसियो)मा पनि सुुधार आएको छ। गत शनिबारसम्म यस्तो अनुुपात ८६.३६ प्रतिशत रहेको छ।
चालुु आर्थिक वर्षको सुुरुआतीमा साढे ८ प्रतिशत रहेको बैंकहरुले लिने अन्तरबैंक ब्याजदर हाल घटेर ६ प्रतिशतको लाइनमा आएको छ। तरलता टाइट हुँदा वा प्रणालीमा स्रोतको अभाव भएको खण्डमा बैंकहरुले बैंकहरुसँग लिने अन्तरबैंकको ब्याजदर पनि बढ्ने गर्दछ।
काठमाण्डौमा सोमबार आयोजित नेपाल बैंकर्स संघ (एनबीए)को ३६औँ वार्षिक साधारणसभामा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रणालीमा तरलता सहज हुुँदै गइरहेको बताएका थिए। ऋणीहरुले थप ऋण नपाएको कुरामात्रै बाहिर आउने तर अर्थतन्त्रमा भइरहेको सुुधार र सकारात्मक कुरा नआउने गरेको उनको भनाइ थियो। ‘अहिले बैंकिङ प्रणालीको तरलतामा भित्रभित्रै सुध्रिरहेको छ, अन्तरबैंक ब्याजदर पनि घटेको छ, आउट स्ट्यान्डिङ स्थायी तरलता सुविधाको प्रयोग पनि सुुस्ताएको छ’, उनले भनेका थिए, ‘तर, कर्जा नपाउने विषयमात्रै बाहिर आउन थाले।’
अहिलेको समय चुनौतीपूर्ण नै रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले विश्वभरका देशहरुले नीतिगत दरहरु बढाइरहेकोले आफूहरुले पनि केही सहनुपर्ने बताएका थिए।
राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल पनि तरलतामा सुुधार भइरहेको प्रस्ट संकेत देखिएको बताउँछन्। ‘सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरुसँग २५ अर्ब ३७ करोड रुपैयाँ लगानी गर्न मिल्ने स्रोत रहेको छ’, उनले भने, ‘एउटा बैंकले अर्को बैंकलाई दिने पैसाको दर नै सस्तो भएको अवस्था छ। अधिक तरलता पनि बढ्दै जानुु भनेको लगानीयोग्य रकममा सुुधार हुुँदै जानु नै हो।’
पोखरेलका अनुसार सोमबारसम्म अन्तरबैंक ब्याजदर ६.६८ प्रतिशत रहेको छ। जुुन केही समयअघिसम्म बैंकहरुले अधिकतम ८.५ प्रतिशत यस्तो रकम स्वीकार गरिरहेका थिए।
यस्तै पछिल्लो एक सातामा बैंक तथा वित्तीय संस्थाहरुले ६ अर्ब ५१ करोड रुपैयाँमात्रै राष्ट्र बैंकबाट सापटी चलाएको सहप्रवक्ता पोखरेलले बताए। ‘एसएलएफ सुुविधा लाने क्रम पहिलेको तुुलनामा घटेको छ, अन्तरबैंक ब्याजदर घटेको छ, अधिक तरलता बढेको छ, त्यसैबाट प्रस्ट हुन्छ कि बजारमा तरलतामा त्यति धेरैै प्रेसर छैन’, उलने भने।
राष्ट्र बैंकका अनुसार सोमबारसम्म बैंक तथा वित्तीय संस्थाको कुुल निक्षेप ५२ खर्ब २२ अर्ब १५ करोड रुपैयाँ छ। जसमा वाणिज्य बैंकहरुको हिस्सा ४६ खर्ब ०१ अर्ब ९१ करोड रुपैयाँ रहेको छ। सोही दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ५९ अर्ब ७० करोड रुपैयाँमा कायम भएको छ। वाणिज्य बैंकको मात्रै कुुल कर्जा लगानी ४२ खर्ब ४ अर्ब १० करोड रुपैयाँ छ।
उता पूूूर्वबैंकर पर्र्शुुराम कुँवर क्षेत्री पनि राष्ट्र बैंकका हालका तथ्यांकहरुले बैंकिङ प्रणालीमा तरलताको समस्या नरहेको देखाएको बताउँछन्। ‘सीडी रेसियो पनि ८६ प्रतिशतको लाइनमा छ। जब कि बैंकहरुले ९० प्रतिशत कर्जा दिन सक्छन्’, उनले भने, ‘त्यसका कारण १९ अर्ब रुपैयाँ जति कर्जा दिन सक्ने देखिन्छ।’
गत साउनमा बैंकहरुको निक्षेप १ खर्ब २३ अर्बले घटेकोमा कर्जा लगानी ९ अर्बले बढेको थियो। त्यसयता कर्जा लगानीको तुुलनामा प्रणालीमा निक्षेप बढी थपिएको छ।
चालुु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर २२ सम्म बैंकिङ प्रणालीमा ५५ अर्ब रुपैयाँ निक्षेप थपिँदा ४६ अर्ब रुपैयाँ कर्जा लगानी भएको उनको भनाइ छ। ‘त्यसकारण बैंकहरुको कर्जा योग्य तरलता सुुविधाजनक रहने देखिन्छ’, उनले भने।
केही दिनदेखि अन्तरबैंक ब्याजदर पनि घट्दै गएको क्षेत्रीको भनाइ छ। ‘अहिले झन्डै १२–१३ वाणिज्य बैंक अन्तरबैंक ब्याजदर सापटी दिने सक्ने अवस्थामा भएको देखिन्छ’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago