काठमाण्डौ । पछिल्लो बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गर्दा अन्तरबैंक ब्याजदर लगातार घटिरहेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ १६ गतेसम्म अन्तरबैंक ब्याजदर घटेर ४.०९ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर ४.११ प्रतिशत थियो।
अन्तरबैंक ब्याजदर घट्नुले वित्तीय बजारमा लगानीयोग्य पुँजी (तरलता) सहज हुँदै गएको संकेत गर्छ। यसलाई बैंकिङ प्रणालीमा पैसा सहज हुँदै गएको भन्ने बुझ्नुपर्ने एक बैंकरले बताए। बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा अन्तरबैंक ब्याजदरसहितका ब्याजदरहरु घट्ने ती बैंकको भनाइ छ।
राष्ट्र बैंकका अनुसार माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४ अर्ब रुपैयाँले बढेर ५३ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५३ खर्ब ५७ अर्ब रुपैयाँ थियो।
माघ १६ मा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ४ अर्ब रुपैयाँले बढेर ४७ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ४७ खर्ब १९ अर्ब रुपैयाँ थियो।
पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल ऋण लगानी २ अर्ब रुपैयाँले बढेर ४८ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४८ खर्ब १४ अर्ब रुपैयाँ थियो।
माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो ८६.४६ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म सीडी रेसियो ८६.४८ प्रतिशत थियो।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19