काठमाण्डौ । अन्तरबैंक ब्याजदर फेरि ७ प्रतिशत तल झरेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर फागुन १५ गते ६.९९ प्रतिशतमा झरेको हो। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर ७.५ प्रतिशत थियो। 

यो एक दिनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप भने ६ अर्ब रुपैयाँले घटेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५३ खर्ब ८३ अर्ब रुपैयाँ रहेकोमा फागुन १५ गते घटेर ५३ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको छ। 

यो दिन वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ५ अर्ब रुपैयाँले घटेर ४७ खर्ब ४० अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ४७ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो।

फागुन १५ गते बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी २ अर्ब रुपैयाँले बढेर ४८ खर्ब २१ अर्ब रुपैयाँ कायम भएको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४८ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो। 

वाणिज्य बैंकहरुको कुल कर्जा लगानी १ अर्ब रुपैयाँ बढेर ४२ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४२ खर्ब ७६ अर्ब रुपैयाँ थियो। 

फागुन १५ मा बैंकहरुको औसत सीडी रेसियो बढेर ८६.२२ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८६.११ प्रतिशत थियो।