काठमाण्डौ । विश्व बजारमा कोभिड–१९ सँगै भर्चुअल मुद्रा ‘डोजक्वाइन’ को चर्चा निकै चुलिएको छ। यो डोजक्वाइन यसरी चर्चामा आउनुको मुख्य कारण एलन मस्कले खरिद गर्नुले नै हो।
एलनले डोजक्वाइन खरिदमात्रै गरेनन् मदर्स डेमा आफ्नी आमालाई उपहारमा समेत दिए। योसँगै फेरि एकपल्ट विश्व बजारमा बिटक्वाइनपछि डोजक्वाइनले निकै चर्चा पाएको देखिन्छ।
यतिमात्रै नभएर आगामी दिनमा अन्तरिक्ष यात्राको भुक्तानीका लागि डोजक्वाइन प्रयोग पनि हुने भएको छ। यसरी अन्तरिक्ष यात्राका लागि डोजक्वाइन प्रयोग हुने भएपछि आमसर्वसाधारणको चासो झनै बढेको छ।
एक क्यानेडियन जोमेट्रिक इनर्जी करपोरेसनले यो अन्तरिक्षा यात्राका लागि डोजक्वाइनमार्फत आगामी दिनमा भुक्तानी हुने पुष्टि गर्यो।
यसैबीच अमेरिकामा स्थायी बसोबास गरेका एक नेपाली मूलका कम्प्युटर इन्जिनियर बबी पराजुलीले गएको मार्चदेखि अमेरिकी बजारमा क्रिप्टोकरेन्सीहरु खरिद बढेको बताए। उनका अनुसार हाल बिटक्वाइन, इथेरियम तथा डोजक्वाइनको खरिदबिक्री त्यहाँस्थित क्वाइन बेस मुद्राका आधारमा हुँदै आएको छ।
फिवोनासी एक्सटेन्सनका आधारमा डोजक्वाइनको बढ्न सक्ने मूल्यलाई आधार मान्दा यदि अगामी कारोबारमा मूल्य बढेमा १.६१ प्रतिशतको वृद्धि ०.८२ सेन्ट प्रतिइकाइसम्म पुग्ने देखिन्छ। हाल यसको मूल्य ०.५२ सेन्टमा अन्तर्राष्ट्रिय बजारमा कारोबार भइरहेको छ। –एजेन्सीको सहयोगमा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19