काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले ललितपुरको कार्यविनायकस्थित बुंगमतीमा रहेको अपाङ्ग सेवा संघमा आश्रितलाई १ वर्षका लागि खाद्यान्न अनुदान प्रदान गर्ने भएको छ । 

फाइनान्सले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत संघमा आश्रित दृष्टिविहीन, बहिरा, सुस्त मनस्थिति र शारीरिक अशक्तता जस्ता अपाङ्गता भएका व्यक्तिहरुलाई एक वर्षका लागि खाद्यान्न अनुदान प्रदान गर्ने सम्झौता गरेको हो ।

संस्थाले निक्षेप संकलन रु.२ अर्ब ८६ करोड तथा कर्जा रु.२अर्ब ४५ करोड प्रवाह गरी रु. ५ करोड ३१ लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । 

यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. १० करोड ६० लाख रहेको छ ।