काठमाण्डौ । अफ्रिकी नागरिकमाथि चीनमा कोरोनाभाइरससम्बन्धी भेद्भाव भएको भन्ने रिपोर्ट बाहिर आएपछि बेइजिङले यतिबेला कूटनीतिक संकटको सामना गरिरहनुुपरिरहेको छ।

दक्षिण चीनको सहर गोन्झावमा पछिल्लो साता अफ्रिकी विद्यार्थी र प्रवासीलाई हालैको उनीहरुको यात्रा रेकर्डलाई वेवास्ता गर्दै जर्बजस्ती कोरोनाभाइरसको जाँच गरेर १४ दिनसम्म क्वारेनटाइनमा राखिएको थियो। यसका साथै ठूलो संख्यामा अफ्रिकी मूलका नागरिक घर मालिकले र होटेलले निकालेपछि बासविहीन बनेका छन्। 

केही सातायता चीनमा फेरि कोरोना संक्रमण दोहोरिएपछि विदेशी आगन्तुुकले कोरोना चीनमा ल्याएको भन्ने चासो बढेको छ। चीनमा अफ्रिकी नागरिकमाथि ज्यादती बढेपछि अफ्रिकाका मिडिया र जनतामा आक्रोश पैदा भएको छ। 

चीनमा अफ्रिकी नागरिकलाई प्रहरीले ज्यादती गर्दै घोक्राएको, नागरिकहरु सडकमै सुुतिरहेको र घरमै बस्न बाध्य बनाइएको भिडियोहरु लिक भएपछि अफ्रिकामा विदेशीहरुप्रति घृणाको भाव पैदा भएको छ। 

केन्याको सबैभन्दा ठूलो पत्रिकाको पहिलो पृष्ठमा शनिबार “केन्याली चीनमा ः हामीलाई नर्कबाट उद्धार गर्नुुहोस्” भन्ने शीर्षकसहितको समाचार प्रकाशित भएको थियो। केन्या संसद्का एक सदस्यले चिनियाँ नागरिकलाई जतिसक्दो चाँडो केन्या छोडेर जान भनेर अभिव्यक्ति दिएपछि यो विषयले झनै चर्किएको छ। 

युुगान्डा, दक्षिण अफ्रिका र नाइजेरियाका टेलिभिजनहरुले पनि अफ्रिकी जनतामाथि भएको भेद्भाव र ज्यादतीलाई प्रमुुखताका साथ प्रस्तुुत गरिरहेका छन्। 

विगतका केही वर्षदेखि अफ्रिका महादेश चीनको प्रमुुख व्यापारिक साझेदार बन्दै आइरहेको छ। चीनको भन्सार विभागको आधिकारिक जानकारीअनुुसार सन् २०१९ मा चीनको अफ्रिकासँग २०८ बिलियन डलरको व्यापार भएको थियो। आइतबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झावो लिजियनले चीनले विदेशी नागरिकलाई भेद्भाव र ज्यादती गरेर निकालेको भन्ने समाचारलाई नकारेका थिए। “हामी अहिले देशमा पुुनः फैलिहेको र विदेशी नागरिकले ल्याउन सक्ने संक्रमयणको सामना गरिरहेका छौँ। विशेषगरी विश्वभर कोरोनाको संक्रमण बढिरहेकाले बाहिरबाट चीनमा आउन सक्ने संक्रमणको जोखिम बढेको छ”, उनले भने, “सबै विदेशीलाई हामीले समान व्यवहार गरेका छौँ। हामीले भेद्भावपूर्ण व्यवहारलाई नकारेका छौँ र भेद्भावका लागि हामीले शून्य सहनशीलता नीति अपनाएका छौँ।” 

अफ्रिकी देशहरुलाई चीनसँगको आपसी साझेदारीका सम्बन्धमा प्रायः कमजोर साझेदारका रुपमा लिने गरिन्छ। अमेरिकाले पनि अफ्रिकी देशहरुलाई चीनले उनीहरुमाथि थुपार्न खोजेको ऋणको जालोबाट टाढै बस्न चेतावनी दिँदै आइरहेको छ।

चीनको ऋणको भारी बोकाउने कूटनीतिले अफ्रिकाको सार्वभौमसत्ता खतरामा पर्न सक्ने भन्दै अमेरिकाले अफ्रिकी देशहरुलाई चीनको ऋणमा नफस्न भन्दै आइरहेको छ। तर अहिले आफ्ना नागरिकमाथि चीनको व्यवहारलाई लिएर अफ्रिकाले जतिसक्दो चाँडो जबाफ र प्रतिक्रया दिन माग गरेको छ। – एजेन्सी