काठमाण्डौ । मुुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रामदानको अवसरमा अबुुधावी र दुुवइले मलहरु र सपिङ सेन्टरहरु खोल्न बिहिबार निर्देशिकाहरु जारी गरेका छन् ।
मल र सपिङ सेन्टरहरु कुुन मिति र समयमा खुुल्नेछन् भनेर यकिन भने गरिएको छैन । तर कोरोनाबाट प्रभावित बनेका ग्राहक अलावा व्यापारिक मालिकहरुले पनि मल र सपिङ सेन्टरहरु चाँडै खुुल्ने अनुुमान लगाएका छन् । जसले थोरै भए पनि ग्राहक र व्यापारीलाई राहत मिल्ने विश्वास लिइएको छ ।
संयुुक्त अरब इमिरेट्समा संक्रमितको संख्या ८२०० भन्दा धेरै पुुुगेको छ । अबुुधावीको आर्थिक विकास विभाग र दुुवई सरकारले छुुट्टाछुुट्टै निर्देशिका जारी गर्दै मल र सपिङ सेन्टर खोल्ने समय, कर्मचारीको संख्या र ग्राहकको क्षमता समेत निर्धारण गरेका छन् ।
निर्देशिका अनुुुसार अबुधावीका मलहरु सर्वसाधारणका लागि दिउँसो दुई बजेदेखि राति ९ बजे सम्मका लागि मात्रै खुुल्ला रहनेछन् ।
त्यस्तै दुुवइमा अवस्थित मलहरु दैनिक १० घण्टासम्म मात्रै खुुल्ला रहनेछन् । दुुवै स्थानका मलहरुमा त्यहाँको क्षमताको ३० प्रतिशत ग्राहकरुलाई मात्रै प्रवेश गर्ने अनुुमति दिइनेछ । ग्राहकहरुलाई मलमा बढीमा ३ घण्टासम्म मात्रै रहने अनुुमति दिइनेछ ।
मलमा रहेका टच स्क्रिनहरु सबै बन्द गरिनेछन् । अबुधाबीमा पार्किङ स्पेसहरु ५० प्रतिशतले कटौति गरिनेछन् भने दुुवइमा ७५ प्रतिशतले।
त्यस्तै दुुवइमा २ देखि १३ वर्ष सम्मका बालबालिबालाई मल प्रवेशमा रोक लगाइनेछ । मलमा आउने ग्राहकहरु र मलमा काम गर्ने कर्मचारीहरुलाई मास्क लगाउन अनिवार्य गरिएको छ । मलहरुमा यदि कोही कोरोना पोजेटिभ देखिए उनीहरुका लागि मलमै अलग्गै आइसोलेसन रुम पनि व्यवस्था गरिनेछ ।
अबुुधावीमा मलमा आउने ग्राहकहरुलाई ग्लब्स वितरण गरिनेछ । तर दुुवइका मलमा आउने ग्राहकले ग्लब्स लगाउनुु पर्ने वा नपर्ने भनेर केही पनि खुलाइएको छैन ।
दुुवै स्थानका मल र सपिङ सेन्टरहरुमा घण्टा घण्टामा सरसफाई र सेनिटाइजेसन गरिनेछ । मलमा ग्राहकहरुले पटक पटक छुुने कपडा र ज्वेलरीका सामानहरुलाई पनि बेला बेलामा सरसफाइ र सेनिटाइज गरिनेछ ।
मल प्रवेश गर्ने मूल गेटमा तापमान नाप्ने यन्त्र जडान गरिनेछ । यसका साथै मास्क र सेनिटाइजरको उपलब्धताका साथै आगन्तुुकहरुबीच करीब दुुई मिटरको दुुरी कायम गरिने व्यवस्था गरिनेछ ।
मलमा रहेका रेस्टुुरेन्ट र क्याफेहरुले आफ्ना ३० प्रतिशत सिट क्षमता कटौति गर्ने छन् । दुुवइका मलका क्याफे र रेष्टुुरेन्टमा एउटा टेबुलबाट अर्काे बीचको दुुरी करीब ६ फिट कायम गरिनेछ भने अबुुधावीमा करीब ८ फिटको दुुरी कायम गरिनेछ । मलमा रहेका सिनेमा घर, जिम क्लब, प्रार्थना कक्ष र सार्वजनिक बस्ने ठाउँहरु र अन्य मनोरञ्जनका स्थानहरु भने बन्द रहने छन् ।
नेपालमा समेत कोरोना संक्रमणको अवस्था धेरै गम्भीर नरहेकोले मलहरु आंशिक रुपमा खुलाउन सकिने देखिन्छ । यसका लागि दुवईले अपनाएको मोडल यहाँका लागि समेत अनुकरणीय हुनसक्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago