काठमाण्डौ । अब त्यो दिन धेरै टाढा छैन जब अमेजनबाट तपाइँले कुनै सामान मगाउनुहुन्छ र त्यसको डेलिभरी आधा घन्टा वा त्यसभन्दा पनि कम समयभित्र हुनेछ।
विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले आफ्नो कम्पनी अमेजनबाट सामानको डेलिभरी ड्रोनको सहायताबाट गर्ने लक्ष्य लिइरहेको छ। यो लक्ष्य पूरा हुने सम्भावना बढेको छ।
अमेरिकाको संघीय विमान प्रशासन (एफएए) ले अमेजनको प्याकेज डेलिभरी ड्रोनबाट गर्ने अनुमति दिएसँगै लक्ष्य पूरा हुने सम्भावना बढेको कम्पनीले जनाएको छ। ‘यो अनुमति अहिलेको परिस्थितिमा एउटा महत्वपूर्ण कदम हो’, कम्पनीले भनेको छ।
एफएएबाट अनुमति पाए पनि अमेजनले कहिलेबाट ग्राहकका सामान ड्रोनका माध्यमबाट डेलिभरी सुरु गर्ने भन्ने विषयमा जानकारी गराइसकेको छैन। कम्पनीले अहिले ड्रोनबाट सामान डेलिभरीको परीक्षण गरिरहेको जनाएको छ।
ई–कमर्सको क्षेत्रमा दिग्गज कम्पनी अमेजनले थुप्रै वर्षदेखि ड्रोनका माध्यमबाट ग्राहकलाई सामान डेलिभरी गर्ने विषयमा काम गरिरहेको छ। तर नियामकीय निकायको अड्चन यो कम्पनीले निकै सामना गर्नुपर्यो।
अन्ततः एफएएले अमेजनलाई ड्रोनका माध्यमबाट सामान डेलिभरी गर्न अनुमति दिएको छ।
एफएएले अमेजनलाई पाटई १३५ एयर केरियर सर्टिफिकेट दिएको छ। यसबाट कम्पनीले आफ्नो प्राइम एयर ड्रोनहरुको प्रयोग गर्न सक्छ।
अमेजनले आफ्नो ड्रोन सुरक्षित सञ्चालन र ग्राहकलाई सामान डेलिभरीका बारेमा एफएएसमक्ष प्रयोगात्मक परीक्षण गर्नुपर्नेछ।
अमेजनले आफूहरुले प्रयोग गर्ने हेक्सागन ड्रोनले ५ पाउन्डसम्म सामान लैजान सक्ने जनाएको थियो। कम्पनीले उक्त ड्रोनमा यस्तो प्रविधि जडान गरिएको छ कि जुन सामान डेलिभरी गर्ने क्रममा अन्य कुनै वस्तुसँग नठोक्किने दाबी गरेको छ।
त्यसो त अमेजन पार्ट १३५ केरियर सर्टिफिकेट पाउने तेस्रो कम्पनी हो। यसअघि गुगलको मूल कम्पनी अल्फाबेटको विंग एभिएसन र यूपीएस फ्लाइट फरवार्डले पनि यस्तो सर्टिफिकेट पाइसकेका छन्। तर हालसम्म कुनै पनि कम्पनीले ड्रोनका माध्यमबाट सामान डेलिभरीको काम सुरु गरिसकेका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago