काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिका वडा नं. ३० स्थित आफ्नै भवनमा रहेको मुख्य शाखा कार्यालय ज्ञानेश्वरबाट चैत २१ गतेदेखि वैदेशिक मुद्रा सटही सुविधाको शुभारम्भ गरेको छ ।
बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा सो सेवाको प्रारम्भ गरेका हुन् ।
हाल बैंकको मुख्य शाखा ज्ञानेश्वर, भैरहवा, सृजनाचोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखाबाट यो सुविधा लिन सकिनेछ ।
साथै, निकट भविष्यमा बैंकका सबै शाखाहरुबाट समेत उक्त सुविधा प्रदान गर्ने लक्ष्य रहेको बैंकका अध्यक्ष आचार्यले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago