काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई दिँदै आएको ऋण सुविधामा रोक लगाएको छ।
बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै बीमा अभिकर्ताहरुलाई बीमा गराएकै आधारमा ऋण लगानी गर्दै आएकोमा तत्कालै रोक्न निर्देशन दिएको हो । हाल १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्।
बीमा समितिका उपनिर्देशक ध्रुव तिमल्सिनाद्वारा हस्ताक्षरित पत्रमा अभिकर्ताको ऋण तथा सापटी विवरणलाई विश्लेषण गर्दा विभिन्न शीर्षकहरुमा उल्लेख कर्जा तथा सापटी प्रवाह गरेकोप्रति बीमा समितिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। यो कार्य तत्कालै रोक्न र लगानी भएका कर्जा ३ महिनाभित्रै उठाउन पत्रमार्फत निर्देशन दिइएको छ।
जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई ८ अर्ब रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेको देखिएको बीमा समिति स्रोत बताउँछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19