काठमाण्डौ। अबदेखि बीमा कम्पनीहरुले कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने घरजग्गाबाहेकका स्थिर सम्पत्ति खरिदबिक्री गर्दा बीमा समितिको स्वीकृति लिनु नपर्ने भएको छ।
बीमा समितिले गत साउन ८ गते सबै बीमा कम्पनीहरुलाई परिपत्र गर्दै बीमकहरुले अबदेखि कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने घरजग्गाबाहेकका स्थिर सम्पत्ति खरिदबिक्री गर्दा स्वीकृति लिनु नपर्ने जानकारी गराएको हो।
अबदेखि बीमा कम्पनीहरुले आफ्नो नेटवर्थको बढीमा ३० प्रतिशतसम्मको सीमाभित्र रही सञ्चालक समितिबाट स्वीकृत गरेको बजेटको सीमाभित्र रहेर स्थिर सम्पत्ति खरिदबिक्री गर्न पाउने परिपत्रमा उल्लेख छ।
यसअघि बीमा कम्पनीहरुले केही अस्थिर सम्पत्ति खरिदबिक्री गर्न पनि बीमा समितिको स्वीकृति लिनुपर्थ्यो।
बीमा कम्पनीहरुले कार्यालय प्रयोजनका लागि खरिद गरिने घरजग्गाको विषयमा भने समितिको अनुमति आवश्यक पर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19