काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने जनाएको छ । 

गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति प्रकाशित गर्दै यस्तै व्यवस्था गरिएको बताएका हुन् । 

बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्दा धितोपत्र कारोबार रोक्ने सम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरिएको उनले बताए । धितोपत्र बोर्डलाई यसको नीतिगत व्यवस्था गर्न जिम्मा दिइएको छ।