काठमाण्डौ । अबदेखि जीवन बीमा कम्पनीहरुले ५ लाख रुपैयाँभन्दा बढी वार्षिक वा एकल बीमा जारी गर्ने गरी बीमालेख बिक्री गर्दा बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको स्रोत खुलेको कागजात अनिवार्य लिनुपर्ने भएको छ।
नियामक निकाय बीमा समितिले जीवन बीमासम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै यस्तो प्रावधान ल्याएको हो। निर्देशिकाबमोजिम अबदेखि ५ लाख रुपैयाँभन्दा बढी वार्षिक वा एकल बीमा जारी गर्ने गरी बीमालेख बिक्री गर्दा यस्तो व्यवस्था गरेको हो। प्रत्येक बीवमकको स्वीकृत बीमालेखहरुको पहिचान कोड तोक्नुपर्ने र पहिचान कोड नभएका बीमालेखहरु बिक्रीवितरण गर्न नपाउने व्यवस्थापन पनि निर्देशिकामा गरिएको छ।
यसैगरी निर्देशिकामा बीमकले बीमालेखअन्तर्गत ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ भएको ३ वर्ष पूरा भएपश्चात तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा सुरु भएको ३ वर्ष पूरा भएपश्चात बीमालेख समर्पण (सरेन्डर) तथा बीमालेख धितो राखी ऋण प्रदान गर्नसक्ने व्यवस्था गरिएको छ। बीमकले स्वीकृत बीमालेख औपचारिक रुममा बन्द गर्न चाहेमा कारणसहित समितिमा लिखित जानकारी गराउनुपर्नेछ। प्रचलनमा रहेका कुनै पनि बीमालेखमा प्राविधिक त्रुटि पाइएमा आवश्यकताअनुसार बीमालेख प्रचलनमा ल्याउन समितिले बन्द गराउन सक्ने निर्देशिकामा व्यवस्था गरिएको छ।
निर्देशिकाअनुसार जीवन बीमा कम्पनीहरुले बीमालेख तयार गुर्नअघि बजार अनुसन्धान प्रतिवेदन, लागत–लाभ विश्लेषण, जोखिमको पहिचान आँकलन तथा न्यूनीकरणसम्बन्धी योजना, ३ वर्षको वित्तीय प्रक्षेपणजस्ता कागजात तयार पार्नुपर्ने छ। बीमा समितिले आवश्यक ठाने यस्ता कागजात माग गर्न सक्नेछ।
यस्ता कागजातको आधारमा प्रस्तावित बीमालेख तयार गर्न उपयुक्त देखिएको खण्डमा बीमांकीबाट अनुसूची १ को ढाचाँमा बीमालेखको प्राविधिक टिप्णाी तयार गर्नुपर्नेछ।
बीमकहरुले विभिन्न प्रकारका बीमालेखहरु तयार गर्न सक्नेछन्। यस्तो बीमालेखको प्रस्तावित नाम बजारमा प्रचलनमा रहेका बीमालेखहरुभन्दा फरक हुनुपर्ने र नेपालको परिवेश सुहााउदो बीमालेख तयार गर्नुपर्ने बीमा समितिले जनाएको छ।
बीमकले बचत प्रकृतिका तथा पेन्सन÷एन्युटी प्रकृतिका बीमालेख तयार गर्दा अनिवार्य रुपमा मृत्य जोेखिमसमेत बहन हुनेगरी तयार गर्नुपर्नेछ। बीमालेख नेपाली र अंग्रेजी दुवै भाषामा तयार गर्नुपर्नेछ। नेपाली र अंग्रेजी भाषामा तयार पारिएको बीमालेखमा विवाद सिर्जना भएमा नेपाली भाषामा तयार पारिएको बीमालेखलाई मान्यता दिइने बीमा समितिले उल्लेख गरेको छ।
बीमकले बीमालेखको बीमांक रकम निर्धारण गर्दा बीमा गर्न चाहने व्यक्तिको आर्थिक क्षमता र पुनर्बीमाको पर्याप्ताको आधार तयार गर्नुपर्नेछ।
लघुबीमाको हकमा भने लघुबीमा निर्देशिकाबमोजिम हुने समितिले जनाएको छ। बीमकले बीमालेख तयार गर्दा न्यूनतम बीमा अवधि ५ वर्ष कायम गरी तयार गर्नुपर्नेछ र म्यादी जीवन बीमाको हकमा न्यूनतम बीमा अवधि एक वर्ष कायम गर्न सकिने बीमा समितिले जनाएको छ। एक वर्षभन्दा कम अवधिका लागि म्यादी जीवन बीमा ल्याउनुपर्ने भएमा समितिसमक्ष कारण खुलाई स्वीकृतीका लागि पेस गर्नुपर्नेछ।
बीमकले बीमालेखमा कुनै पूरक करार संलग्न गर्नुपरेमा बीमालेख तयार गर्ने अनुसार नै पूरक करार तयार गरी स्वीकृतिका लागि पेस गर्नुपर्नेछ। यस्तो पूरक करारा बीमकले छुट्टै बिक्री गर्न भने पाउने छैन। बीमालेख रद्द भएमा पूरक करा पनि स्वत रद्द हुने व्यवस्था गरिएको छ। पूरक करारको बीमा अवधि बीमाशुल्क रकम र बीमांक रकम पूरक करारको प्रकृतिअनुसार बीमांकीले निर्धारण गरेबमोजिम हुनेछ।
पूरक करारहरुको अधिकतम बीमांक रकम बीमालेखको बीमांक सरह कायम गर्नुपर्नेछ। बीमितको दुर्घटनाबाट मृत्यु भएमा थप रकम दिन पूरक करार तथा घातक रोगसम्बन्धी पूरक करारको अधिकतम बीमांक रकम १ करोड रुपैयाँसम्म मात्रै कायम गर्नुपर्नेछ।
यस्तै व्यतित बीमालेख पूर्नजागरण गर्न बीमितले बीमाका लागि योग्य भएको सन्तोषजनक प्रमाण पेस गरी तिर्न बाँकी सबै बीमाशुल्क ब्याजसहित भुक्तानी गरी अनिवार्य मेडिकल अन्डरराइटिङ गर्नुपर्नेछ। बीमितले बीामालेख लिएको ५ वर्षसम्ममा पनि पुनर्जागरण नगरेमा बीमकले बीमितलाई नयाँ बीमालेख जारी गर्न पाउने छैन।
बीमकले बीमालेख स्वीकृत भएको बढीमा ६ महिनाभित्र प्रचलनमा ल्याउनुपर्नेछ।
यसैगरी बीमकले बीमा लेखको विज्ञापन गर्दा दोहोरो अर्थ लाग्ने वा अस्पष्ट शब्द प्रयोग गरी विज्ञापन गर्न पाउने छैन। बीमतिले स्वीकृत बीमालेखसम्बन्धी सम्पूर्ण विवरण आफ्नो वेबसाइटमा राख्नुपर्नेछ।
बीमकले भ्रममा पारी बीमितलाई बीमालेख बिक्री गर्न पाउने छैन। समितिबाट कुनै पनि बीमालेखसम्बन्धी भएको पत्राचारलाई बीमकले जारी भएको मितिले ६ महिनासम्म कुनै प्रतिक्रिया नजनाएमा उक्त बीमालेखसम्बन्धी आवेदन तामेलीमा राखिने बीमा निर्देशिकामा उल्लेख गरिएको छ। उक्त बीमालेख पुनःस्वीकृतीका लागि पेस गर्नुपरेमा नयाँ बीमालेख स्वीकृतिका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्नेछ र समितिले मागेका कागजात ३० दिनभित्र पेस गर्नुपर्नेछ।
समितिले बीमालेख स्विकृती प्रक्रियालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपता कायम गर्न आवश्यक भएकाले २०४९ को दफा ८ को खण्ड(घ२)ले दिएको अधिकार प्योग गरी‘जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७८’ जारी गरेको जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago