काठमाण्डौ । अब विदेश भ्रमणमा जाने नेपालीहरुले विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त मनिचेन्जरबाट पनि अमेरिकी डलरको सटही सुविधा पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ को एकीकृत इ.प्रा. परिपत्रः ०७/२०७८ को दफा १ को खण्ड (ख) मा बुँदा नं. ४ थप गर्दै यस्तो व्यवस्था मिलाएको हो।
यो व्यवस्थासँगै अब विदेश भ्रमणमा जाने नेपालीहरुले राष्ट्र बैंकबाट इजाजतपत्र मनिचेन्जरबाट पनि अमेरिकी डलरको सटही सुविधा पाउने भएका छन्।
त्यस्ता मनिचेन्जरले विदेश भ्रमण जाने नेपालीलाई राहदानीबापत अधिकतम २०० अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago