काठमाण्डौ । बैंक वित्तीय संस्थाहरुलाई कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीमा आवद्ध गराउँदै लग्ने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बुधबारबाट कारोबार शुरु गर्ने गरी हाम्रोविकास बैंकलाई उक्त प्रणालीमा आवद्ध गराएको छ ।

नेपाल क्लियरिङ्ग हाउसले संचालनमाल्याएको यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले कनेक्ट आइपिएस डटकममा गई आफूलाई एकपटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिलभुक्तानी  लगायतका कारोबार गर्न सक्ने व्यवस्था रहेका छन् । 

यस्ता सबै कारोबारहरु अनलाईनमार्फत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुन्छ। हाल उक्त प्रणालीमार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको छ। 

यो प्रणालीमा हाल सम्म ३२ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरिसकेकोमा हालसम्म २० वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।