काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले अहिले बीमा अभिकर्ता बन्नका लागि परीक्षा उत्तीर्ण गरी लाइसेन्स लिनुपर्ने व्यवस्था छ गरेको छ ।

बीमा प्राधिकरणले गत कात्तिक १ गतेदेखि आफैंले अभिकर्ताको परीक्षा सञ्चालन गरेको छ । यसअघि बीमा कम्पनीहरुले नै अभिकर्ता तालिम सञ्चालन गरी अभिकर्तालाई लाइसेन्स वितरण गर्ने गर्दथे ।

बीमा प्राधिकरणले केही वर्षयता अभिकर्ता लाइसेन्स वितरणमा कडाई गरेसँगै कम्पनीहरुले तालिम सञ्चालन गरी परीक्षाको समेत व्यवस्था गरेका थिए । प्राधिकरणले हाल बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ । निर्देशिका बमोजिम अभिकर्ता लाइसेन्स लिनका लागि प्राधिकरणले लिने परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्नेछ । 

यसअघि बीमा कम्पनीको परीक्षा उत्तीर्ण गरी लाइसेन्स प्राप्त गरेकाहरुले तीन–तीन वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । प्राधिकरणले अभिकर्ताको लागि बनाएको कानूनी व्यवस्था बमोजिम बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकको इजाजतपत्रको अवधि तीन वर्षको हुनेछ । 

अभिकर्ताले लाइसेन्स पाएपछि प्रत्येक ३–३ वर्षमा नवीकरण गर्नुपर्दछ । अझैपनि लाइसेन्स पाइसकेका कतिपय अभिकर्तामा इजाजतपत्र कसरी नवीकरण गर्ने भन्ने जानकारी भएको पाइदैन । अभिकर्ताहरुले १ हजार ५० रुपैयाँका दरले नवीकरण दस्तुर तिर्नुपर्दछ । अभिकर्ताले यसअघि प्रत्येक वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने प्रावधान थियो । 

बीमा प्राधिकरणले लाइसेन्स नविकरण अनलाइन भुक्तानी सेवा प्रदायक संस्थामार्फत् नवीकरण शुल्क २४सै घण्टा तिर्न सकिने व्यवस्था गरेको छ । प्राधिकरणका अनुसार अभिकर्ताहरुले कनेक्ट आईपीएस, ई–सेवा, प्रभु पे, सेल पे र खल्तीमार्फत् लाइसेन्स नवीकरणको दस्तुर भुक्तानी गर्न सक्नेछन् ।
साथै प्राधिकरणले बीमा अभिकर्ता लाइसेन्स नवीकरण गर्ने मागदर्शन (म्यानुअल) समेत राखेको छ । 
लाइसेन्स नवीकरण प्रक्रिया :
१. सर्वप्रथम अभिकर्ताहरु बीमा प्राधिकरणको वेबसाइटमा गई ई–सर्भिसेस को अनलाइन पेमेन्ट सर्भेयर/एजेन्टमा जाने ।
२. बीमा अभिकर्ताको लाइसेन्स नवीकरणको लागि अभिकर्ताको दर्ता तथा नवीकरण भएको विवरणको लागि यहाँ क्लिक गर्नुहोला भन्ने अपसनमा गई क्लिन भन्ने बटन थिच्ने । 
३. क्लिक बटन थिचेपछि अभिकर्ताको लाइसेन्स नम्बर, लाइसेन्सको प्रकार, जारी गरिएको मिति (अंग्रेजी मिति) मा टिप्ने ।
४. नवीकरण दस्तुर भुक्तानीका लागि देहाय बमोजिमको गेट वे कम्पनी छान्ने ।
क.नेपाल क्लियरिङ हाउस (एनएचसीएल, खल्ती, सेल पे) ।
ख. ई–सेवा।
ग. आइएमई पे ।
५. गेट वे कम्पनीमार्फत् अभिकर्ता नवीकरण दस्तुर भुक्तानी गर्ने तथा उक्त भौचर सुरक्षित राख्ने ।
६. अभिकर्ता इजाजतपत्र नवीकरणको लागि प्राप्त भएको निवेदन बीमा कम्पनीको ‘आईआरएमआईएस सिस्टम’ मार्फत् प्राधिकरणमा सिफारिस भएर आएपछि प्राधिकरणबाट अप्रुभ भएपछि नवीकरण कार्य पुरा हुनेछ । 
अनलाईन भुक्तानी सम्बन्धी समस्या आएमा
सम्बन्धीत सेवा प्रदायकको भुक्तानीमा समस्या आएमा सेवा प्रदायकको डाटा इन्ट्री गर्दा तथा भुक्तानी गर्दा कुनै प्रकारको समस्या आएमा आफु कार्यरत बीमा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

प्राविधिक समस्याको लागि बीमा प्राधिकरणको इजाजत शाखा तथा सूचना प्रविधि शाखाको फोन नं. ०१५४२८६१८, ५४२१०७९, ५४२८६०४ डायल गरी एक्सटेन्सन नम्बर २२०, २०९ र ११७ मा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।