काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ३७.४२ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २५.३६ प्रतिशतले घटेर १ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष संस्थाले २ करोड ३५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।
गत वर्ष संस्थाले ९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ४० लाख रुपैयाँ भएको थियो। खुद ब्याज आम्दानी १७.१९ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा संस्थाले १ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई २ अर्ब ७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले १ अर्ब ४३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार १३४.४२ प्रतिशतले बढेर १ करोड ९१ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८१ लाख ६७ हजार रुपैयाँ थियो।
संस्थाको एनपीएल बढेर २.६० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.५४ प्रतिशतमा सीमित थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19