काठमाण्डौ । पोखरा फाइनान्सले गत आर्थिक वर्ष २०७९/ ०८० को नाफाबाट लाभांश नदिने बताएको  छ।

कम्पनीको पुस ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो बैठकले लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । 

 साथै कम्पनीले गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु राष्ट्र बैंकबाट अनुमोदन पछि साधारण सभामा पेश गर्ने  छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा  ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।