काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीको हात खाली हुने भएको छ ।

संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहलाई कुनै पनि लाभांस वितरण नगर्ने भएको हो । संस्थाको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि लाभांस नदिने निर्णय गर्दै ११ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । 

सभा नुवाकोटको विदूरस्थित क्राउन सिद्धार्थ होटल भ्युमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। 

उक्त सभामा हाल कायम रहेको पूँजी संरचना संस्थापक सेयरधनीको तर्फबाट ६९.४० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फबाट ३०.६० प्रतिशत बाट परिवर्तन गरी क्रमशः५१.४० र ४०.६० प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वार्षिक आर्थिक विवरणमाथि छलफल गरी पारित गरिनेछ । 

सभा प्रयोजनका लागि संस्थाले आगामी माघ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ माघ ४ गतेसम्म कायम सेयरधनीहरु सभामा भाग लिन योग्य हुनेछन्।